सरकारमा रहने वा नरहने बारे रास्वपाले आज निर्णय लिने
१५ माघ २०७९ काठमाडौं । पूर्वअध्यक्ष रवि लामिछानेको नागरिकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलासँगै सरकारमा रहने वा नरहने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज साँझसम्ममा निर्णय गर्ने भएको छ ।
संसदीय दल र केन्द्रीय समितिको बैठक निरन्तर बसिरहेको र बेलुकासम्ममा निर्णयमा पुग्ने तयारी भइरहेको कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले बताउनुभयो ।
चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेले अमेरिकाको नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनः नलिएको भन्दै सर्वोच्च अदालतले पार्टी अध्यक्ष, सांसद र उपप्रधान तथा गृहमन्त्रीको पद खारेज भएको अस्ति निर्णय सुनाएको थियो ।
चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएमा लामिछानेलाई नै उम्मेदवार बनाउने तयारी रास्वपाको छ । यस बारेमा... Read More
