• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बजार अर्थतन्त्र

सात वटै प्रदेशमा मुटु रोग उपचारको व्यवस्था मिलाउने प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्न आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताउनुभएको छ । 

आज शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहमा उहाँले सातै प्रदेशमा विशेष अस्पतालहरू निर्माण गरेर मुटु रोगसँग सम्बन्धित उपचारलाई पनि सातै प्रदेशका अस्पतालसँग जोड्ने कुरालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

गङ्गालाल अस्पताललाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न आफ्नो सहयोग रहने प्रतिवद्धता पनि प्रधानमन्त्रीले जनाउनुभयो । प्रधानमन्त्री दाहालले देशमा धेरै समस्याको समाधान गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । 
 

Read More