राष्ट्रपतिको निर्वाचन फागुन २५ गते
काठमाडौं ।निर्वाचन आयोगले यहि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्टपतिको चैत ३ गते गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन,सातै प्रदेशमा मतदान गर्ने गरी आवश्यक तयारी गर्ने प्रयास गरेपनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौँमा हुने उहाँले जानकारी दिनुभयो ।
राष्ट्रपतिको निर्वाचनका लागि १० फागुनमा मतदाता नामावली प्रकाशन गर्ने, १० र ११ गते दाबी बिरोध र उजुरी, ११ र १२ गते निवेदन तथा उजुरी उपर छानबिन गर्ने कार्यतालिका बनाइएको छ ।
आयोगले फागुन १२ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने, १३ गते... Read More
