काठमाडौं । सुन्तला जातका फलफूलमा सिँचाइको व्यवस्था मिलाउन किसानलाई विज्ञहरूले सुझाव दिएका छन् ।
सुन्तला, जुनार बिक्री गरि सकिएको अवस्थामा माघ महिनाभर बगानको काँटछाँटसहित उचित मलजलको व्यवस्था मिलाउन सके आगामी वर्ष राम्रो उत्पादन लिन सकिने विज्ञको भनाइ छ ।
सुन्तला जातका फलफूल बाली विज्ञ हरिप्रसाद सुवेदीले यस वर्ष देशभर हिउँदे वर्षा नभएका कारण उपलब्ध भएसम्म सुन्तला जातका बोटमा सिँचाइ गर्नुपर्ने बताउनुभयो ।
सुन्तला जातका बोेटमा लामो समयसम्म चिस्यान कायम राख्न मल्चिङ प्रविधि अपनाउन उहाँको सुझाव छ । यो महिना सुन्तला जातको बगानको विशेष ख्याल राख्न सके आगामी वर्ष उत्पादन थप बढ्ने सुन्तला जातका फलपूmल बाली विज्ञ सुवेदीको भनाइ छ ।