• DoIB Registration No. 2369/077-78
Sunday, 19 May 2024

रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल सार्वजनिक

  • Ramesh Karki
  • December 30, 2023
dummy_news

काठमाडौं । रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ ।

नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले नक्सालस्थित रोयल इन्फिल्ड शोरुममा नयाँ भेरियन्टका मोटरसाइकल सार्वजनिक गरेको हो ।

मिटिओर मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो । यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, इलेक्ट्रोनिक फ्युल इन्जेक्सन छ । कम्पनीका अनुसार मटिओर फायरबलको मूल्य ५ लाख ५० हजार रुपैयाँ, मिटिओर स्टेलरको मूल्य ५ लाख ५५ हजार रुपैयाँ र मिटिओर सुपरनोभाको मूल्य ५ लाख ६५ हजार रुपैयाँ छ ।

Comments