• DoIB Registration No. 2369/077-78
Tuesday, 12 May 2026

रोयल इन्फिल्ड गुरिल्ला ४५० अब नेपालमा (भिडियो)

  • OVN
  • May 12, 2026

काठमाडौं । रोयल एनफिल्डले नपाली बजारमा आफ्नो नयाँ बाइक गुरिल्ला ४५० सार्वजनिक गरेको छ।    
गुरिल्ला ४५० मोटरसाइकलमा ४५२ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, डीओएचसी, एफआई, शेर्पा इन्जिन रहेको छ। यो इन्जिनले अधिकतम ८ हजार आरपीएममा ४० हर्सपावर तथा ५५०० आरपीएममा ४० एनएमकै पिक टर्क जेनेरेट गर्छ। यसमा ६ स्पिडको गियर बक्स पाउन सकिन्छ।
सूचना र प्रविधिका लागि सबै संस्करणमा ४ इन्चको टिएफटी ट्रिपर ड्यास राखिएको छ, जसमा गुगल म्यापमा आधारित दिशा निर्देशक (नेभिगेसन) र स्मार्टफोन जडान गर्ने सुविधा समावेश छ।
गुरिल्ला ४५० मा ११ लिटरको इन्धन ट्याङ्की, एलईडी हेडलाइट, एकीकृत टेल ल्याम्प र स्टेप बेन्च सिट जस्ता सुविधाहरू छन्। यसमा ४३ एमएमको सोवा टेलिस्कोपिक फ्रन्ट फोर्क र १७ इन्चको ट्युबलेस टायर प्रयोग गरिएको छ। भने फ्युल ट्यांक ११ लिटर क्षमताको रहेको छ। साथै १७ इन्चको एलोय ह्वील भएको ट्युबलेस टायर दिइएको छ। डुअल च्यानल एबिएससहित दुवै टायरमा अगाडि ३१० एमएम र पछाडि २७० एमएमको डिस्क ब्रेक यसमा उपलब्ध छ।
यो बाइक पाँच वटा रंगमा ३ वटा एपेक्स, ड्यास र फ्ल्यास भेरियन्टमा आएको छ।
सबै भेरियन्टको मूल्य ८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
 

Comments