काठमाडौँ । मंसिर कृष्ण अष्टमी, भैरवको जन्म भएको दिनको रुपमा मृत्युभय युक्त देवता महाभैरवको पूजाआजा गरिएको छ । भैरवाष्टमी समेत भनिने यस दिनमा काठमाडौंको बसन्तपुरस्थीत कालभैरवको मन्दिरमा बिशेष पूजाआजा गरिएको छ । पौराणिक कालदेखि नै भैरवलाई मृत्यूभन्दा कठोर र उग्रस्वभावका देवताका रुपमा पूजा गरिन्छ । शिवबाटै उत्पन्न भएको हुनाले भैरवलाई शिवपुत्र मानिन्छ । भगवान शिवका विभिन्न आठ रुप मध्ये भैरव एक रुप हो ।
काल भैरव राखिएको त्यहि ठाउँ भैरवस्थान भनेर चिनिन्छ । मंसिर कृष्णपक्षको सप्तमी तिथिको अन्त्य भएर अष्टमी लागेकै बखत त्रिनेत्रधारी महादेवका अंशका रुपमा भैरवको जन्म भएको पौराणिक कथन रहेको छ ।