• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

साइबर सुरक्षाका विषयमा सरकार गम्भीर बन्नुपर्ने विज्ञहरूको भनाइ

  • OVN
  • January 30, 2023
साइबर सुरक्षाका विषयमा सरकार गम्भीर बन्नुपर्ने विज्ञहरूको भनाइ

काठमाडौं । सरकार सूचना प्रविधि र त्यहाँ राखिएका तथ्याङ्कको सुरक्षाका लागि गम्भीर बन्नुपर्ने आवश्यकता विज्ञहरूले औँल्याएका छन् । 

सरकारी वेबसाइटहरूमाथि भएको आक्रमणले नेपालमा साइबर सुरक्षाको स्थिति चिन्ताजनक रहेको भन्ने पुष्टि गरेको विज्ञको धारणा छ । 

साइबर सुरक्षाका विज्ञ डा. राजिव सुब्बाले विश्वमा साइबर द्वन्द्व बढिरहेको अवस्थामा नेपाल पनि चनाखो बन्नुपर्ने बताउनुभयो । अस्ति जिओभी डट कम डट एनपी सर्भर भएका सरकारी साइटहरूमा एकैसाथ समस्या देखिएको थियो । 

सङ्घीय संसद सचिवालय र अध्यागमन विभागको ‘सर्भर’मा पनि समस्या देखिएको थियो । साइबर सुरक्षामा नेपाल निकै कमजोर रहेको भन्दै सुब्बाले सुधारका लागि तत्कालै काम गर्नुपर्ने बताउनुभयो ।
 

Comments