• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते 

  • OVN
  • January 30, 2023
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते 

काठमाडौं ।निर्वाचन आयोगले यहि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्टपतिको चैत ३ गते गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन,सातै प्रदेशमा मतदान गर्ने गरी आवश्यक तयारी गर्ने प्रयास गरेपनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौँमा हुने उहाँले जानकारी दिनुभयो । 

राष्ट्रपतिको निर्वाचनका लागि १० फागुनमा मतदाता नामावली प्रकाशन गर्ने, १० र ११ गते दाबी बिरोध र उजुरी, ११ र १२ गते निवेदन तथा उजुरी उपर छानबिन गर्ने कार्यतालिका बनाइएको छ । 

आयोगले फागुन १२ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने, १३ गते मनोनयन पत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन, १४ गते उम्मेदवारको बिरुद्धमा उजुरी दिने, १४ र १५ गते मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने जनाएको छ ।
 
त्यस्तै  फागुन १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने, १६ गते साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने २५ फागुनमा मतदान गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । 

त्यस्तै उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुने आयोगले जनाएको छ । उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता २७ फागुनमा दर्ता हुनेछ । २८ फागुनमा दावी विरोधको समय दिइएको छ र सोही दिन साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो २८ फागुनमा सकिँदैछ । संविधान र निर्वाचन कानुनमा कुरा बाझिएको भन्दै राष्ट्रपतिको निर्वाचन कहिले हुने भन्ने अन्योल थियो । 
 

Comments