अन्तर बैङ्क एटीएम सेवामा लाग्ने शुल्क घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले अन्तर बैङ्क एटीएम सेवामा लाग्ने शुल्क घटाएको छ । एउटा बैङ्कको एटीएम कार्ड अर्को बैङ्कको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क अब अधिकतम् १५ रूपैयाँ लाग्ने व्यवस्था गरेको छ ।
क्युआर स्क्यान सहित मोबाइल बैंकिङका माध्यमबाट हुने डिजिटल कारोबारमा रहेको रकमको दैनिक सीमा पनि बढाइएको छ । हालसम्म एउटा बैङ्कले जारी गरेको एटीएम कार्ड अर्को बैङ्क तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा बैंकहरुले यस्तो कारोबारको शुल्क २० रुपैयाँसम्म लिँदै आएका थिए ।
राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९ जारी गर्दै सो व्यवस्था लागु गरेको हो । यससँगै, अबदेखि बैङ्क तथा वित्तीय संस्थाले जारी... Read More
