• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

अरुण तेश्रोको सुरुङभित्र एकको मृत्यु, दुई घाइते

  • OVN
  • January 31, 2023
अरुण तेश्रोको सुरुङभित्र एकको मृत्यु, दुई घाइते

संखुवासभा । सङ्खुवासभामा निर्माणाधिन नौं सय मेगावाटको अरुण तेश्रो परियोजनाको सुरुङभित्र एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

परियोजनाको विद्युत गृह निर्माण क्षेत्रको पुखुवाको सुरुङ भित्र यो घटना भएको हो । मृत्यु हुनेमा सिन्धुपाल्चोकका २० बर्षका सुर्य गोले तामाङ रहनुभएको छ । घाईते हुनेहरूमा भोजपुरका ५४ बर्षीय भिमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ बर्षीय मङ्गल तामाङ रहेका छन् । 

आज विहान सुरुङ भित्र विष्फोटक पदार्थ भर्ने क्रममा माथीबाट ढुङ्खा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । मृतकको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ भने घाइतेहरूको पनि सोहि अस्पतालमा उपचार भईरहेको छ । 

घाइतेहरूको खुट्टामा चोट लागेको जिल्ला प्रहरी प्रमुख डिएस्पी वीरेन्द्र गोदारले जानकारी दिनुभयो । परियोजनामा हालसम्म ७ जनाको मृत्यु भईसकेको छ । यस परियोजनामा हाल नेपाली र भारतीय गरि करिव ३ हजार मजदुरहरूले काम गर्दै आएको अरुण तेश्रो परियोजना सञ्चालक सतलज जलविद्युत निगमले जनाएको छ ।
 

Comments