पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नति गरिँदै
बागलुङ । पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नतिको काम हुने भएको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन सवारी आवागमन नै बन्द गरेर काम गर्न लागेको हो । आयोजनाका अनुसार हरेक दिन बिहान ११ देखि ३ बजेसम्म र राति ९ बजेदेखि बिहान १ बजेसम्म आवागमन रोकेर काम गरिने भएको छ ।
रोकिएका सवारीसाधनलाई आधा घण्टाको फरकमा जान दिइनेछ । चौवारीबाट ५० मिटर अगाडि हेम्जातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको र आधा–आधा घण्टामा छुटाउने व्यवस्था मिलाइएको मध्यपहाडी राजमार्ग योजना कार्यालयका... Read More
