• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

डिजिटल पुस्तकालय व्यवस्था अनिवार्य गर्न विद्यालयलाई निर्देशन

  • OVN
  • January 30, 2023
डिजिटल पुस्तकालय व्यवस्था अनिवार्य गर्न विद्यालयलाई निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आईसीटी ल्याब सञ्चालन गरिरहेका विद्यालयलाई अनिवार्य डिजिटल पुस्तकालयको व्यवस्था गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले सूचना जारी गर्दै आईसीटी ल्याब सञ्चालन गरिरहेका ६ हजार आठ सय ७९ वटा सामुदायिक विद्यालयलाई यस्तो निर्देशन दिएको हो । 

आईसीटी ल्याब भएका विद्यालयमा अनिवार्य ई–लाइब्रेरीको व्यवस्था गर्नुपर्ने प्रावधान रहेकाले त्यसै अनुसार नगरेको भए तत्काल यसको प्रवन्ध मिलाउन मन्त्रालयको निर्देशन छ ।  

गुणस्तरीय सिकाइका लागि मन्त्रालय मातहतका निकायहरूबाट उत्पादन भएका डिजिटल सिकाइ सामग्रीको प्रयोग गर्नसमेत मन्त्रालयले सबैलाई निर्देशन दिएको छ ।

Comments