• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

गृहमन्त्री कसलाई बनाउने भन्ने टुंगो लगाउने जिम्मा प्रधानमन्त्रीलाई 

  • OVN
  • January 30, 2023
गृहमन्त्री कसलाई बनाउने भन्ने टुंगो लगाउने जिम्मा प्रधानमन्त्रीलाई 

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताउनुभएको छ । 

आज पार्टी पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता महराले यस्तो प्रतिक्रिया दिनुभएको हो । पत्रकारहरूसँगको कुराकानीमा उपाध्यक्ष महराले प्रधानमन्त्री प्रचण्डले यसबारे निर्णय गर्ने भएकाले यो विषयलाई पार्टी भित्र प्रवेश नै नगराइएको दाबी गर्नुभयो । 

यो सरकारको विषय भएकाले गृहमन्त्री को हुने वा को नहुने बिषय प्रधानमन्त्रीको नै भएको उहाँको भनाइ रहेको थियो । गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता तत्काल कायम नरहेको फैसला गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको पद गुमाउनुभएको हो । 

गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहनुभएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफै्नै लागि हुनुपर्ने अडान राख्दै आएको छ । 

Comments