काठमाडौं । यसवर्षको हिउँदमा पर्याप्त पानी नपर्दा हिउँदे बालीको उत्पादनमा असर पर्ने भएको छ ।
यस वर्ष केही ठाउँमा छिटफुट वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात बाहेक जमिन भिज्ने गरी पानी नपर्दा हिउँदे उत्पादनमा असर पर्ने देखिएको हो ।
यो समय गहुँ, जौ, मकै रोप्ने बेला हो । तर पर्याप्त पानी नपर्दा यी बाली लगाउन नपाएको किसानले गुनासो गरेका छन् । सुक्खापन र खडेरी बढ्दै जाँदा कृषि उत्पादनमा दीर्घकालीन असर देखिने भन्दै किसानहरू चिन्तामा परेका छन् ।
यो समयमा पानी कम लाग्ने र सरकारले सिफारिस गरेका कम पानी लाग्ने जात लगाउन कृषि विज्ञले सुझाव दिएका छन् ।