काठमाडौं । नेताहरूको कार्यविभाजनको विषयमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पर्सीका लागि सारिएको छ ।
आज पेरिसडाँडामा बोलाईएको पदाधिकारी बैठकमा नेताहरूको कार्यविभाजनबारे छलफल भएको थियो । त्यसमा कुरा नमिलेपछि भोलि बस्ने भनिएको स्थाई समिति बैठक पर्सीका लागि सारिएको हो ।
बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै पार्टी प्रवक्ता कृष्णबहादुर महराले बुधावारका लागि स्थाई समिति बैठक बोलाउने निर्णय भएको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनेको थियो ।
त्यसमा सहमति जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो । पदाधिकारी बैठकले त्यस विषयमा टुङ्गो लगाउन नसक्ने भएपछि भोलि बोलाइएको स्थायी समिति बैठक पर्सीसम्मका लागि स्थगित गरेको हो ।