• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

सूचनाको वर्गीकरण सम्बन्धी व्यवस्था तत्काल लागू नहुने

  • OVN
  • January 30, 2023
सूचनाको वर्गीकरण सम्बन्धी व्यवस्था तत्काल लागू नहुने

काठमाडौं । सरकारले गरेको सूचनाको वर्गीकरण सम्बन्धी व्यवस्था तत्काल लागू नहुने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सरोकारवालाको बैठकबाट यो प्रावधान तत्काल लागू नगर्ने सहमति भएको नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा सूचनाको हक सम्बन्धी अधिकारका अभियन्ता तारानाथ दाहालले जानकारी दिनुभयो । 

मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको सूचना वर्गिकरण समितिले ८७ प्रकारका सरकारी सूचना र नीतिगत विषय गोप्य राख्ने व्यवस्था गरेको थियो । 

यससम्बन्धी समाचार सार्वजनिक भए लगत्तै प्रधानमन्त्री प्रचण्डले आफूलाई यसबारे थाहै नभएको भन्दै आज सरोकारवालासँग छलफल गर्नु भएको हो । सरकारी निर्णयको नेपाल पत्रकार महासङ्घ लगायत संघ संस्थाले बिरोध गरेका थिए । 
 

Comments