• DoIB Registration No. 2369/077-78
Tuesday, 11 Nov 2025

बजार अर्थतन्त्र

प्रकृतिको अनुपम उपहार रारा ताल (भिडीयो रिपोर्ट)

कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो।  समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाईँमा रहेको यो ताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। 
यसको अधिकतम लम्बाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १ सय ६७ मिटर छ। 
प्रकृतिको उपहारको रूपमा श्रृजित यो ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली अनि यसमा पाइने कस्तुरी, रतुवामृगजस्ता जीवजन्तुका साथै डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा बढाएका छन्। 
यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।
यहाँका हरेक दृश्यले मन लोभ्याउछन्। सङ्लो... Read More