• DoIB Registration No. 2369/077-78
Sunday, 07 Dec 2025

बजार अर्थतन्त्र

मनाङमा कोरोना जित्ने बढ्दै

हिमाली जिल्ला मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण जित्ने बढ्दै गएका छन् । केही समय शून्य सङ्क्रमित रहेको मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमणलाई मनाङमा एकै दिन २८ जनाले जितेका छन् । धेरैजसो होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

हालसम्ममा जिल्लामा ८४ सङ्क्रमितमध्ये ६३ जना सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणमुक्त हुने सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । उहाँले २१ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहनुभएको बताउनुभयो । आचार्यका अनुसार त्यसमध्ये छ सङ्क्रमित सामुदायिक आइसोलेशनमा रहनुभएको छ भने अन्य सबै होम आइसोलेशनमा हुनुहुन्छ... Read More