काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थपियो, किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय
काठमाडौं उपत्यकामा एक सात लम्बियो कडा प्रावधानसहित निषेधाज्ञा, एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न काठमाडौं उपत्यकाका सिडिओको आग्रह
काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकपछि थप एक साता कडा निषेधाज्ञा लगाउने निर्णय भएको हो । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिँ बन्द गर्ने निर्णय भएको छ ।
सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा... Read More
