उपत्यकाको निषेधाज्ञा : थप कडाइ
कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ। यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । उपत्यकामा वैशाख १६ गतेदेखि उक्त आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको थियो।
उपत्यकाका तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको मङ्गलबारको बैठकले आजदेखि लागू हुनेगरी एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो। यसपालि भने किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ। बिहान–बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक)मा समेत रोक लगाइएको छ।
उहाँका अनुसार यसपालि निषेधाज्ञमा अत्यावश्यक खाद्य सामग्री (तरकारी, फलफूल, दूध, डेरी,... Read More
