सुकेटार विमानस्थलको नामकरण परिवर्तन नगर्न आग्रह
ताप्लेजुङ्का राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीले यहाँस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण नगर्न आग्रह गरेका छन्। आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई ‘स्व रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरण गरिने घोषणा गरिइएको थियो । यसपछि जिल्लावासीले यसमा असन्तुष्टि जनाउँदै आएको छन्।
सामाजिक सञ्जालमा विमानस्थलको नयाँ नामकरणका नगर्न सरकारलाई सुझाव दिइएको छ। निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का नेता योगेश भट्टराईले सामाजिक सञ्जलमा भन्नुभएको छ, “ऐतिहासिकरुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल... Read More
