सङ्क्रमणमा कमी आएपछि कोभिड–१९ विशेष अस्पतालमा घटे बिरामी
कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको भन्दै काठमाडौँ महानगरपालिकाले तत्काल अक्सिजनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ। अहिले स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएका अस्पतालहरुमा पनि २० प्रतिशत मात्र कोरोनाका बिरामी रहेकाले कामपाले तत्काल थप उपचार कक्षको आवश्कता नरहेको जनाएको हो।
दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि यसअघि कामपाले १२ वटा अस्पतालसँग सम्झौता गरी आवश्यक पर्ने स्वास्थ्य उपकरण र उपकरण खरिदका लागि आर्थिक सहयोग गरेको थियो । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अहिले सञ्चालनमा आएका अस्पतालमा पनि बिरामीको सङ्ख्या कम रहेकाले तत्कालका लागि थप सञ्चालनको योजना नरहेको हो।
“बिरामीको सङ्ख्या बढे त्यसमा पुनः विचार... Read More
