नेपाल कोरिया मैत्री अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
भक्तपुर, मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ६३ अक्सिजन कन्सेन्टरेटर प्रदान गरिएको छ । आज अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई इन्गेज नेपालका डा दिबेश कर्माचार्यले ती अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो।
संस्थाका डा कर्माचार्यको समन्वय नेपालका लागि पूर्व अमेरिकाका राजदुत स्टक डेलिसि मार्फत् १० लि को ७५ लाख रुपैंयाँ बराबरको ती हाइपर्फमेन्स् अक्सिजन कन्सेन्टरेटर अस्पतालाई हस्तान्तरण गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो।
उहाँले नगरपालिको आफैले सञ्चालनमा ल्याएको दैनिक ३० सिलिण्डर अक्सिजन उत्पादन हुने प्लान्ट र दाताबाट आएको अक्सिजन कन्सेन्टरेटरले बिरामीको उपचारमा थप सहयोग पुग्ने बताउनुभयो।
त्यसैगरी अस्पतालका... Read More
