नेपाल एयरलाइन्सका लागि अनलाइन टिकटिङ सुरु
काठमाडौं । नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ ।
निगमका अनुसार अब नेपाल एयरलाईन्सका यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका लागि अनलाइन मार्फत् टिकट काट्न सक्ने भएका छन् ।
निगमले आज विज्ञप्ती जारी गर्दै यात्रुहरूको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको बताएको छ ।
आगामी दिनमा अन्य वालेट तथा वेवसाइटमार्फत् पनि टिकट काट्ने व्यवस्था मिलाइने निगमले बताएको छ । दुर्गम÷विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको निगमको विज्ञप्तीमा उल्लेख छ ।
