• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

निर्वाचनमा खर्च नभएको करिब तीन अर्व रूपैयाँ आयोगले फिर्ता गर्ने 

  • OVN
  • February 03, 2023
निर्वाचनमा खर्च नभएको करिब तीन अर्व रूपैयाँ आयोगले फिर्ता गर्ने 

काठमाडौं । प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब तीन अर्ब रूपैयाँ निर्वाचन आयोगले फिर्ता गर्ने भएको छ । 

गत मङ्सिर ४ गते भएको निर्वाचनको समीक्षाका क्रममा आज पत्रकारहरूसँग कुरा गर्दै प्रमुख आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले विशेष सजगता अपनाएकाले तोकिएका सबै रकम खर्च नहुने भएको बताउनुभयो । 

उहाँले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा समेत खर्च गरेर बाँकी रकम फिर्ता गरिने बताउनुभयो । 

नेपाल सरकारबाट उक्त निर्वाचनका लागि १० अर्ब विनियोजनमध्ये आठ अर्ब ४९ करोड ९९ लाख निकासा भएकामा हालसम्म छ अर्ब ५० करोड ४६ लाख खर्च भएको आयोगले जनाएको छ । 
 

Comments