• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

अर्थतन्त्रमा समस्या छ : प्रधानमन्त्री 

  • OVN
  • February 03, 2023
अर्थतन्त्रमा समस्या छ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा समस्या आएको बताउनुभएको छ । 

सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अहिले सिङ्गो अर्थतन्त्रमा संवेदनशील र गम्भीर समस्या आएको बताउनुभएको छ । तर केही सकारात्मक सङ्केत पनि देखिएको भन्दै प्रधानमन्त्रीले यी समस्या हल गर्ने अठोट लिएको बताउनुभयो । 

साथै उहाँले आफूले तेश्रो पटक सरकारको जिम्मेवारी सम्हालेपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने निश्चय लिएको बताउनुभयो । यसका लागि निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने लक्ष्य राखिएको उहाँको भनाइ थियो । 

पछिल्लो समय बैंक र व्यवसायीबीच सहज सहकार्यको स्थिति सिर्जना भएको दाबी गर्दै उहाँले अर्थतन्त्रले क्रमशः विकासको गति लिनेमा ढुक्क रहेको बताउनुभयो ।
 

Comments