काँग्रेसले राष्ट्रपतिमा खिचलो खडा गर्न खोजेको ओलीको आरोप
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले राष्ट्रपति पदको निर्वाचनमा खिचोला खडा गर्ने प्रयन्त गरेको बताउनुभएको छ ।
त्यसकै लागि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको उहाँले बताउनुभयो । आज बसेको प्रतिनिधि सभाको बैठकमा उहाँले परिणाम काँग्रेसले सोचेअनुरुप नआउने बताउनुभयो ।
राष्ट्रपतिका लागि काँग्रेसले ‘ढोक्सो थापेको’ बताउँदै आउनुभएको ओलीले कांग्रेसले गरेको यस व्यवहारलाई सरकारमाथि गरेको विश्वास मान्न नकिने बताउनुभयो । बरु, राष्ट्रपति, सभामुख पदमा खिचोला खडा गर्ने दुराशय देखिएको उहाँको भनाई थियो ।
हिजो मात्रै काँग्रेस नेता तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रपतिका लागि काँग्रेसमा मात्रै उपयुक्त उम्मेदवार रहेको दाबी गर्नुभएको छ । त्यसतर्फ... Read More
