• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

संसद बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

  • OVN
  • February 05, 2023
संसद बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकले संवोधन गर्नुहुने भएको छ । 

राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार उहाँले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा संवोधन गर्नुहुने छ । 

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५ः०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई संवोधन हुने भएको छ,’ राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
 

Comments