• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन 

  • OVN
  • February 05, 2023
पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन 

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । 

आज बिहान ६ बजेर ३० मिटेनमा नर्भिक अस्पतालमा उहाँको उपचारका क्रममा निधन भएको हो । हिमालयन बैंक लिमिटेडका समेत संस्थापक रहेका राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बन्नु भएको थियो । 

तत्कालीन समयमा अर्थसचिव रहेका राणालाई २०१३ साल वैशाख १० गते गभर्नरमा नियुक्त गरी २०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो ।
 

Comments