• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

सूचना वर्गीकरण बारे आज प्रधानमन्त्री प्रचण्डले सरोकारवाला निकायसँग छलफल गर्ने 

  • OVN
  • January 30, 2023
सूचना वर्गीकरण बारे आज प्रधानमन्त्री प्रचण्डले सरोकारवाला निकायसँग छलफल गर्ने 

काठमाडौं । सूचना वर्गीकरणका बारेमा प्रधानमन्त्री प्रचण्डले आज सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्नुहुने भएको छ । 

सूचना वर्गीकरण समितिले प्रधानमन्त्रीलाई जानकारी नदिई  ८७ प्रकारका नीतिगत विषयमा सार्वजनिक पहुँचलाई बन्देज लगाएको भन्ने विवरण सार्वजनिक भएपछि आज छलफल हुन लागेको हो । 

सार्वजनिक पदमा नियुक्त पदाधिकारीको सम्पत्ति विवरणदेखि राजस्व चुहावट, करछली, शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन र सोेको अनुगमनसम्बन्धी सूचनासम्मलाई समितिले गोप्यअन्तर्गत वर्गीकरण गरेको छ । 

यसमा  सरोकारवाला निकायले विरोध जनाएका छन् । समितिले गत पुस १२ मा ८७ प्रकारका नीतिगत विषयमा सार्वजनिक पहुँचलाई बन्देज गर्ने निर्णय गरेको थियो । 

Comments