• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

यस वर्षको एसईई पनि बोर्डले नै लिने

  • OVN
  • January 29, 2023
यस वर्षको एसईई पनि बोर्डले नै लिने

१५ माघ २०७९ काठमाडौं । यस वर्षको एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ । 

परीक्षाको जिम्मा बोर्डले गत वर्ष नै प्रदेशलाई दिने निर्णय गरेको भएपनि उक्त विषय कार्यान्वयन नहुँदा यो वर्ष पनि प्रदेशले पाएको अधिकार बोर्डले खोसेको छ । 

परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को २०७९ सालको एसईईको परीक्षा नियमित र ग्रेडवृद्धि परीक्षा केन्द्रबाटै सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । 

यद्यपि, परीक्षा नियन्त्रण कार्यालयले प्रदेश कार्यालयहरुमा स्रोत साधन, जनशक्ति र सुरक्षाको कमी हुने भएकोले केन्द्रबाट गर्नुपरेको जनाएको छ । केन्द्रका अनुसार प्रश्नपत्र बोर्डले छाप्ने र परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका परीक्षा गर्ने कार्य भने प्रदेश कार्यालयले गर्नेछ ।

हालै प्रकाशित भएको कार्यतालिका अनुसार एसईई आगामी चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । एसईई परीक्षा बिहान ८ बजेदखि हुने र तीन घण्टाको हुनेछ ।
 

Comments