• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल

  • OVN
  • January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेट भएको छ । 

प्रचण्डलाई भेट्न ओली बालुवाटार पुग्नुभएको छ । सत्ता साझेदार दलका नेतासमेत रहेका ओली र प्रधानमन्त्री प्रचण्डबीच अहिले पनि छलफल चलिरहेको छ । 

छलफलमा रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चले सुनाएको फैसलापछिको विषयमा कुराकानी भइरहेको छ । सर्वोच्चको आदेशपछि उपप्रधानसहित गृह मन्त्रालय गुमाएका रवि लामिछानेलाई पुनः सरकारमा ल्याउने वा नल्याउने विषयमा कुराकानी भइरहेको हो । 

साथै बैठकमा राष्ट्रपतिको निर्वाचनका विषयमा पनि छलफल हुनेछ । राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्ने पक्षमा माओवादी छ भने एमाले त्यसका लागि तयार देखिएको छैन । 
 

Comments