• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

अधिकांश सरकारी वेबसाइटहरु खुलेनन्, ह्याक भएको आशङ्का

  • OVN
  • January 28, 2023
अधिकांश सरकारी वेबसाइटहरु खुलेनन्, ह्याक भएको आशङ्का

काठमाडौं । आज दिउँसोबाट अधिकांश सरकारी वेबसाइटहरु नचल्ने भएका छन् । 

जिओभी डट कम डट एनपी सर्भर भएका सरकारी साइटहरुमा समस्या देखिएको हो । निर्वाचन आयोग, प्रधानमन्त्री कार्यालय, मन्त्रालयका साइट, विभाग तथा सरकारी कार्यालय, सातै प्रदेशका मुख्य मन्त्री कार्यालय जस्ता सरकारी साइटहरु आज खुल्न सकेका छैनन् ।

संघीय संसदको साइटमा पनि समस्या देखिएको छ । नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकायका साइटहरु भने खुलिरहेका छन् । 

सरकारी कार्यालयका वेबसाइटहरु दिउँसो साढे १२ बजेदेखि खुल्न छोडेपछि यसबारेमा जानकारी लिने प्रयास भइरहेको छ । 

आन्तरिक समस्या आउँदा सबै सरकारी वेबसाइट एकैपटक डाउन नहुने भन्दै सूचना प्रविधि क्षेत्रका विज्ञहरुले वेबसाइट ह्याक भएको आशंका गरेका छन् । 
 

Comments