• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

आफ्नै बुवाको हत्या आरोपमा सङ्खुवासभामा एक युवक पक्राउ

  • OVN
  • January 28, 2023
आफ्नै बुवाको हत्या आरोपमा सङ्खुवासभामा एक युवक पक्राउ

संखुवासभा । आफ्नै बुवाको हत्या आरोपमा सङ्खुवासभामा एक युवक पक्राउ परेका छन् ।

भोटखोला गाउँपालिका ५ लुङसुङका ७३ वर्षका बुबाको हत्या आरोपमा २८ वर्षका छोरालाई प्रहरीले पक्राउ गरेको हो । 

घरायसी विवादमा छोराले लाठी प्रहार गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बुबाको उपचारको लागि अस्पताल लैजाने क्रममा आज बिहान बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

Comments