काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने बताउनुभएको छ ।
आज पार्टी कार्यालय च्यासलमा पत्रकारसँग कुरा गर्दै उहाँले कानून बमोजिम जो कोही माथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यको रूपमा दिन नहुने बताउनुभयो । नागरिकता लिएर लामिछाने उपनिर्वाचन लड्न सक्ने उहाँको भनाइ छ ।
राष्ट्रपतिको हकमा यसअघि भएको सहमतिअनुसार एमालेले नै उम्मेदवार खडा गर्ने उहाँको भनाइ छ । राष्ट्रपतिका विषयमा अध्यक्ष केपी ओलीले पनि छलफल गरिरहनुभएको नेता नेम्वाङ्ले बताउनुभयो ।
त्यस्तै एमाले महासचिव शंकर पोखरेलले सहमतिका नाममा परिवर्तन खोज्नु काँग्रेसको सत्तालिप्सामात्रै भएको तर्क गर्नुभयो । सत्ता समीकरण भत्काउने कुनै पनि षडयन्त्र सफल नहुने उहाँको भनाइ छ ।