हामीले पाएको मत आशाको हो : सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले पाएको मत आशाको भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूहरुले प्राप्त गरेको मत निराशाको नभई आशाको भएको बताउनुभएको हो । उपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनि भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “म यसलाई निराशाको होइन, नेपाली जनताले दिनुभएको आशाका मत चन्न चाहन्छु । सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो ।”
उहाँले नेपाली जनताले जानेर नजानेर राम्रोसँग मत दिएको स्पष्ट पार्दै भन्नुभयो, “नयाँ दललाई नमात्तिने गरी मत दिएको र पुराना दलहरुलाई पनि... Read More
