• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

नुवाकोटमा अवैध क्रसर बन्द गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन

  • OVN
  • January 09, 2023
नुवाकोटमा अवैध क्रसर बन्द गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाभित्र अवैध रूपमा सञ्चालित क्रसर तथा प्रशोधन केन्द्र बन्द गर्न निर्देशन दिएको छ । 

नुवाकोट प्रशासनले विशेष सूचना जारी गर्दै अवैध रुपमा सञ्चालित क्रसर बन्द गर्न निर्देशन दिएको हो । 

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जारी गरेको ‘अवैधानिक क्रसर उद्योग बन्द गर्ने तथा गराउने’ सम्बन्धि सूचनामा प्रचलित कानून र मापदण्ड विपरीत अनुमति नलिइ, दर्ता तथा नविकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी तथा उत्खनन्, प्रशोधन कार्यमा संलग्न रहेका क्रसर उद्योग र विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर, आयोजना सकिएपछि पनि सञ्चलानमै रहेका उद्योग तत्काल बन्द गर्न भनिएको छ । 

मापदण्ड विपरित सञ्चालनमा रहेका तथा विकास–आयोजनाको नाममा चल्दै आएका क्रसरले निर्देशन नमाने कडा कारवाही गर्ने सूचनामा उल्लेख छ । 

केही दिन अघि नेपाल सरकारले देशभर अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्ने निर्णय गरेसँगै त्यसको कार्यान्वयनको लागि नुवाकोट प्रशासनले सूचना जारी गरेको हो । हाल नुवाकोटमा एक दर्जनभन्दा बढी अवैध क्रसर उद्योगहरू निर्वाध रुपमा सञ्चालनमा छन् । 
 

Comments