• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

राष्ट्रिय सहमतिका साथ सहकार्यको बाटोबाट हिँड्नुपर्छ: अध्यक्ष ओली

  • OVN
  • January 09, 2023
राष्ट्रिय सहमतिका साथ सहकार्यको बाटोबाट हिँड्नुपर्छ: अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका साथ सहमति र सहकार्यको बाटोबाट अघि बढ्नु पर्ने आजको आवश्यकता भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उहाँले आफूले राष्ट्रिय सहमतिको सरकार गठनका कुरा भने भनिनहालेको स्पष्ट गर्नुभयो ।  

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले निर्वाचनका समयमा आम नागरिकसँग गरेको बाचा पूरा गर्न अविचलितरूपमा निरन्तर काम काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनमतका आधारमा सरकार बनेको छ, अब धेरै राजनीतिक लडाइँ गर्ने होइन, न्युनतम साझा कार्यक्रम बनाएर सरकारले काम गर्छ,  जनमतअनुसार चल्छ ।”
 
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफनो दलले देश र जनताप्रतिको जिम्मेवारी पूरा गर्ने विश्वास दिलाउनुभयो । “विगतमा सदन विघटन भएको पक्षलाई गहन विश्लेषण गरेर मात्र अघि बढनुपर्नेमा त्यो नहुँदा समस्या पैदा हुन्छ कि भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो ।

नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले सदनमा सबै राजनीतिक दलले मुलुकका समस्या समाधान गर्नुपर्छ भन्ने प्रतिबद्धता गरेको बताउनुभयो ।

“त्यो प्रतिबद्धता संसद्को सबै ठूलो शक्ति हो । नयाँ राजनीतिक दल संविधानलाई स्वीकार गर्दै लोकतान्त्रिक बाटोबाट संसद्मा आएर लोकतन्त्र र संविधानको प्रशंसा गर्नुभयो”, उहाँले भन्नुभयो, “त्यो कार्यले संविधान आमनेपाली जनताबीचमा सर्वस्वीकार्य भएको अनुभूति भएको छ ।” 

Comments