काँग्रेसले प्रधानमन्त्री पद बाँड्दै हिडेको एमाले अध्यक्ष ओलीको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पु-याउन नदिन खुद्रा खेल खेलिरहेको आरोप लगाउनुभएको छ ।
आज एमालेका सांसदहरूको प्रशिक्षण कार्यक्रममा उहाँले देउवाले अहिलेको सरकार असफल बनाउन प्रधानमन्त्री पद बाँड्दै हिँडेको आरोप लगाउनुभयो । अहिले सरकार असफल पार्ने प्रयास बेस्सरी भइरहेको ओलीको भनाइ रहेको थियो ।
प्रधानमन्त्रीले विश्वासको मत नलिँदै काँग्रेस सभापति देउवाले हालको सत्तारुढ गठबन्धनमा सामेल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सत्तारुढ गठबन्धनमा नरहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्नुभएको थियो ।
यो सरकार असफल भएमा ठूलो पार्टीको नेताको हैसियतमा देउवा प्रधानन्त्री बन्ने... Read More
