• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बजार अर्थतन्त्र

भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकार गम्भीर रहेको बताउनुभएको छ । यस विषयमा सरकारको प्रभावकारी भूमिका हुनुका साथै  रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको उहाँको भनाइ छ । 

आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीका रुपमा आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा केन्द्रित हुने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “सामाजिक न्याय, सुशासन र समृद्धि नै सरकारको प्रमुख प्राथमिकतामा छ । सचिवहरूसँगको छलफलमा पनि मैले त्यही कुरा प्राथमिकताका साथ राखेको छु ।”

जनताले आफूहरुप्रति आशाको नजरले हेरिरहेको भन्दै उहाँले भन्नुभयो, “अब केही नयाँ हुन्छ, सुशासन र... Read More