• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

लुम्बिनी, नेपाल टि–२० लिगको फाइनलमा

  • OVN
  • January 08, 2023
लुम्बिनी, नेपाल टि–२० लिगको फाइनलमा

काठमाडौं । लुम्बिनी अल स्टार, नेपाल टी–ट्वान्टी लिगको फाइनलमा प्रवेश गरेको छ ।

आज टियु मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो  । लुम्बिनीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनायो । 

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । जनकपुरले अब दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । भोलि हुने इलिमिनेटरमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्स खेल्नेछन् । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । 

लिगको विजेताले ५५ लाख पाउनेछ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउनेछ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

Comments