नुवाकोटमा ट्रकसहित सयौँ क्युफिट काठ नियन्त्रण, पाँच व्यक्ति पक्राउ
नुवाकोट । नुवाकोटमा विभिन्न स्थानबाट अवैध रुपमा कटान गरिएको सयौँ क्युफिट सालको काठसहित पाँच जना पक्राउ परेका छन् ।
अवैध रुपमा कटान गरिएको आठ सय क्युफिट सालको काठ, त्यसलाई ओसार्न प्रयोग भएको मिनिट्रक र पाँच जना युवकलाई शिवपूरी र सुर्यगढीबाट नियन्त्रणमा लिइएको हो ।
शिवपुरी गाउँपालिका–८ मा बा ४ ख १००३ नम्बरको आइचर गाडीसहित २६ थान गोलिया सालको काठ बरामद गरिएको डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरूमा काजिबहादुर तिवारी, शोभित थपलिया र वसन्त तामाङ रहेका छन् । यस्तै, सूर्यगढी गाउँपालिका–३ फलाटे नजिकै २६ थान सालको रुखको दुई सय १० गोलिया अर्थात सात सय कयुविट सालको काठसहित... Read More
