• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

सङकटा क्लबलाई पोखरा गोल्डकपको उपाधि 

  • OVN
  • January 07, 2023
सङकटा क्लबलाई पोखरा गोल्डकपको उपाधि 

कास्की । २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि सङकटा क्लबले जितेको छ । 

आज पोखरा रंगशालामा भएको फाइनल खेलमा सङ्कटाले अमेरिकाको भुटानी युथ स्पोट्र्स क्लबलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । 

सङ्कटाले यसअघि १९ औं संस्करणको उपाधि जितेको थियो । उपाधिसँगै सङ्कटाले १२ लाख र उपविजेता भुटानी युथ स्पोट्र्सले ६ लाख रुपैयाँमा पुरस्कार प्राप्त गरेका छन् । 

Comments