• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

तीन महिनापछि कोरोनाबाट एक जनाको मृत्यु

  • OVN
  • January 07, 2023
तीन महिनापछि कोरोनाबाट एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट तीन महिनापछि एक जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको हो । 

योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ । यसअघि गत कात्तिक ७ गते कोरोनाबाट एक जनाको मृत्यु भएको थियो । त्यसयता कोरोना सङ्क्रमण कम हुँदै गएको थियो भने कसैको पनि मृत्यु भएको थिएन । 

त्यस्तै, पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना पुष्टि हुनेको सङ्ख्या १० लाख एक हजार २० पुगेको छ ।

जसमध्ये नौ लाख ८८ हजार ९ सय ७९ जना निको भइसकेका छन् । मन्त्रालयका अनुसार आज दुई जना निको भएका छन् भने देशभर २१ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
 

Comments