• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

मधेस प्रदेशका तीन वटा स्थानीय तहले अझै बजेट ल्याएनन्

  • OVN
  • January 08, 2023
मधेस प्रदेशका तीन वटा स्थानीय तहले अझै बजेट ल्याएनन्

काठमाडौं । मधेस प्रदेशका तीन वटा स्थानीय तहले आर्थिक वर्ष सुरु भएको ६ महिना बित्दा पनि बजेट ल्याउन सकेका छैनन् । 

धनुुषाको कमला नगरपालिका, सर्लाहीको विष्णुु गाउँपालिका र रौतहटको बोधिमाई नगरपालिकाले अहिलेसम्म बजेट नल्याएका हुन् । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहहरूले असार १० मा नयाँ आर्थिक वर्षका लागि बजेट ल्याइसक्नुपर्छ ।  

पालिकामा भएको राजनीतिक दलबीचको विवाद र असहमतिका कारण समयमा बजेट ल्याउन नसकिएको पालिका प्रमुखहरूले बताएका छन् । बजेट नल्याउँदा खर्च गर्नुपर्ने काममा समस्या भएको उनीहरूको भनाइ छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने नागरिकको मतको कदर गर्दै जनप्रतिनिधि जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएको छ । 
 

Comments