• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

माओवादीले वाम एकताको लागि आजदेखि छलफल गर्ने

  • OVN
  • January 08, 2023
माओवादीले वाम एकताको लागि आजदेखि छलफल गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले विभिन्न वाम दलरूसँगको एकताका लागि आजदेखि छलफल गर्ने भएको छ ।

वाम एकताको लागि गठन भएको पाँच सदस्यीय वार्ता टोलीले आजदेखि छलफल गर्ने टोलीका सदस्य एवं माओवादी केन्द्रका महासचिव देव गुरुङले बताउनुभयो ।

उहाँका अनुसार समितिले वामपन्थी दलहरूसँग एकताको लागि प्रयास गर्नेछ । एकता नभए वाम मोर्चा बनाउने उहाँको भनाइ छ ।

माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरेको हो ।

हिजो बिहान मात्रै पनि एकताका बारेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच बालुवाटारमा छलफल भएको थियो ।

Comments