• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

खुला दिसामुक्त घोषणा भएको तीन वर्षसम्म पनि बनेनन् सार्वजनिक शौचालय

  • OVN
  • January 07, 2023
खुला दिसामुक्त घोषणा भएको तीन वर्षसम्म पनि बनेनन् सार्वजनिक शौचालय

सोलुखुम्बु । सोलुखुम्बुलाई खुला दिसामुक्त घोषणा गरिए पनि सार्वजनिक शौचालयको व्यवस्था नहुँदा घोषणा कागजमा सीमित भएको छ । 

२०७६ असोज ३ गते सोलुखुम्बुलाई ७६ औँ जिल्लाको रुपमा खुला दिसामुक्त घोषणा गरिएको थियो तर त्यसको तीन वर्षसम्म पनि सोलुखुम्बुका सार्वजनिक स्थलहरूमा शौचालय छैनन् । 

भएका शौचालय पनि प्रयोगवीहिन हुँदा कामको शिलशिलामा सदरमुकाम सल्लेरी तथा अन्य ठाउँमा आवातजावत गर्ने नागरिकलाई झाडी तथा खाजा खाने निहुँमा होटल पसल नै खोज्नु पर्ने बाध्यता छ । ग्रामीण क्षेत्रमा शौचालय बनेका छैनन् भने सहरी क्षेत्रमा बनेका केही शौचालय पनि व्यवस्थित छैनन् । 

जसका कारण स्थानीय नागरिक र पर्यटकलाई समेत असर परिरहेको छ । सल्लेरी बजार क्षेत्रमा भएको सार्वजनिक शौचालय सञ्चालनमा सोलुदुधकुण्ड नगरपालिका सकारात्मक रहेको र प्रभावकारी सञ्चालनका लागि नगरपालिकाले कदम चाल्ने नगरपालिकाका उपमेयर गान्धीमाया तामाङले बताउनुभयो । 

शौचालय नबनाई हचुवामा खुला दिशामुक्त जिल्ला घोषणा गरिएको भन्दै नागरिक आक्रोशित भएका छन् ।
 

Comments