काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताउनुभएको छ ।
आज पार्टीको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले संसद्का दोस्रो, तेस्रो लगायत अन्य दलहरूले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र दिन नहुने बताउनुभयो ।
यो आफ्नो व्यक्तिगत धारणा भएको भन्दै उहाँले पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले नै तय गर्ने बताउनुभयो । काँग्रेसले प्रतिपक्षमा बसेर नै आफ्नो जिम्मेवारी निर्वाह गर्ने महामन्त्री थापाले बताउनुभयो ।
महामन्त्री थापाले काँग्रेसको केन्द्रीय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने जानकारी दिनुभयो । महामन्त्री थापाले नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर काँग्रेसको प्रतिष्ठामाथि आँच पु¥याउन खाजिएको बताउनुभयो ।