• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सपथ ग्रहण गर्दै

  • OVN
  • January 09, 2023
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सपथ ग्रहण गर्दै

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज सपथ ग्रहण गर्दै हुनुहुन्छ । 

कार्कीले आज  दिउँसो २ बजे शपथ ग्रहण गर्नुहुने छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा कार्कीलाई हिजो मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । 

मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरणको विषयलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । अहिले रहेका १३ मन्त्रालयलाई ९ या ११ वटामा झार्ने कार्कीको भनाइ थियो । 

९ मन्त्रालय रहे माओवादी केन्द्रले ३, राप्रपाले १ र एमालेले ५ मन्त्रालय राख्ने तयारी गरेको छ । ११ मन्त्रालय रहँदा एमालेले ६ माओवादीको भागमा ३ र राप्रपालाई २ दिने एमालेको तयारी रहेको छ ।  
 

Comments